ताजा खबर
मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले सामाजिक सञ्जालमा ऐतिहासिक कीर्तिमान बनाएकी छन्। इन्स्टाग्राममा उनको एक रिल्स १ अर्ब ९० करोड (१.९ बिलियन) पटक हेरिएको छ, जुन हालसम्मको सबैभन्दा धेरै हेरिएको रिल्स बनेको छ।
यो संख्याले दीपिकालाई न केवल भारतमै होइन, विश्वभरकै चर्चित स्टारको सूचीमा थप उचाइमा पुर्याएको छ। उनले यसअघिका कीर्तिमानधारी खेलाडीहरू — क्रिकेटर हार्दिक पाण्ड्याको १.६ बिलियन भ्यूज र फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको ५०३ मिलियन भ्यूज भएको रिल्स — लाई सहजै उछिनिन्।
उक्त रेकर्ड तोड्ने रिल्स हिल्टन होटलमा खिचिएको थियो, जहाँ दीपिकाले हिल्टनसँग पेड पार्टनरशिपमा काम गरेकी थिइन्।
हाल दीपिकालाई इन्स्टाग्राममा ८ करोडभन्दा धेरैले फलो गरेका छन्। यसअघि उनी हलिउडको प्रतिष्ठित वाक अफ फेम सम्मान पाउने पहिलो भारतीय कलाकारसमेत बनेकी थिइन्।
करीब दुई दशकदेखि अभिनय यात्रामा सक्रिय दीपिका अहिले बलिउडकी सर्वाधिक चर्चित र धेरै कमाउने अभिनेत्रीमध्ये एक मानिन्छिन्।
Super Admin