२०२६-०६-१३
जेनजीको प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्यो>
Action

जेनजीको प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्यो

२३ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वरसम्म पुगेको छ। प्रदर्शनमा सहभागीहरूले नारा लगाउँदै बानेश्वरसम्म आफ्नो यात्रा पूरा गरेका हुन्।

बानेश्वरमा प्रहरीले प्रदर्शन रोक्न ब्यारिकेड राखेको छ । सहभागीहरूले हातमा भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल सम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका छन ।

सामाजिक सञ्जालमार्फत विरोध व्यक्त गर्दै आएका युवाहरू, जब सोशल मिडिया बन्द भयो, सडकमा उत्रिएका हुन्। सडक ढाकेर गरिएको प्रदर्शनका कारण सवारी आवागमनमा अवरोध देखिएको छ।

प्रदर्शनमा उनीहरूलाई विभिन्न राजनीतिक दल, स्वतन्त्र समूह र नागरिकहरूले समर्थन गरेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart