२०२६-०६-१३
बुटवलमा पनि जेनजीको प्रदर्शन>
Action

बुटवलमा पनि जेनजीको प्रदर्शन

२३ भदौं, बुटवल । सामाजिक सञ्जाल बन्दविरुद्ध बुटवलमा पनि युवाहरूले सडकमा प्रदर्शन गरेका छन्।

बिहानैदेखि उनीहरूले प्लेकार्डसहित नारा लगाउँदै प्रदर्शन गरेका थिए। सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’ जस्ता नारासमेत लगाएका थिए।

प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरी लगायतका युवा अग्रभागमा रहेर आवाज उठाएका थिए।

यसैबीच, काठमाडौंको माइतीघरमा पनि युवाहरूले प्रदर्शन जारी राखेका छन् भने देशका अन्य शहर र स्थानहरूमा समेत विरोध देखिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart