ताजा खबर
काठमाडौं । सन् २०२५ की मिस नेपाल लुना लुइँटेलले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कदमको विरोध गरेकी छन्। उनले लोकतान्त्रिक मुलुकमा स्वतन्त्रतासँगै उत्तरदायित्व पनि आउँछ भनेकी छन्।
लुना सामाजिक सञ्जालमा लेख्छिन्, “उत्तर कोरिया, तुर्किमेनिस्तान, चीन, म्यानमार र इरानजस्ता देशमा अनलाइन स्वतन्त्रता सीमित छ। तर नेपालमा नागरिकको आवाजको सम्मान र सम्बन्धको सुनिश्चितता सरकारले दिलाउनुपर्छ।”
उनले भ्रष्टाचारविरुद्धको आवाज पनि उठाएकी छन् र यसलाई सामान्यरूपमा लिन नहुने, अन्त्य गर्नुपर्ने बताएकी छन्।
लुना यसवर्ष जेन-जी पुस्ताकी मिस नेपाल बनेकी हुन्। उनले गतसाता आयोजित फिनालेमा सन् २०२५ को मिस नेपालको उपाधि प्राप्त गरेकी थिइन्।
Super Admin
>