ताजा खबर
काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा—जेनरेशन जेड (जेनजी) हरुले राजधानीमा प्रदर्शन सुरु गरेका छन् ।
स्वत:स्फूर्त रूपमा माइतीघर मण्डलामा भेला भएका युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा उपस्थित जनाएका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ (भ्रष्टाचार रोक) जस्ता नारा लेखिएका प्लेकार्ड बोकेको देखिएका छन ।
कतिपय सहभागीहरु कलेज र स्कुल पोशाकमै देखिएका छन , जसले आन्दोलनलाई अझै फरक र स्पष्ट सन्देश दिएको छ ।
पहिले सामाजिक सञ्जालमा मात्रै सीमित सरकार र दलका नेताविरुद्धको आक्रोशलाई अब भने जेनजी पुस्ताले सडकमा उतारेका हुन् । आन्दोलनले सामाजिक सञ्जालको आभासी विरोधलाई वास्तविक जीवनको प्रत्यक्ष प्रदर्शनमा रूपान्तरण गरेको छ ।
जेनजीहरुको यो आन्दोलनलाई विभिन्न राजनीतिक दलका नेताहरु, जनप्रतिनिधि, कलाकार, व्यवसायी, नागरिक समाजका प्रतिनिधि र स्वतन्त्र युवाहरुले समेत समर्थन जनाएका छन् ।
Super Admin
>