२०२६-०८-१३
सामाजिक सञ्जालमा प्रतिबन्धपछि कलाकार टिकटक र भाइबरतिर मोडिए>
Action

सामाजिक सञ्जालमा प्रतिबन्धपछि कलाकार टिकटक र भाइबरतिर मोडिए

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएसँगै यसको प्रत्यक्ष असर नेपाली संगीत र चलचित्र क्षेत्रमा देखिन थालेको छ। मेटाका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बन्द भएपछि कलाकारहरू विकल्पको खोजीमा टिकटक र भाइबरतिर आकर्षित भएका छन्।

केही दिनअघि मात्र अमेरिका टुरबाट स्वदेश फर्किएका अभिनेता प्रदीपले शुक्रबार टिकटकमा नयाँ खाता खोलेका छन्। उनले आफ्नो खाताको क्यूआर कोड फेसबुकमार्फत सेयर गर्दै साथी र दर्शकलाई टिकटकमै खोज्न आग्रह गरेका थिए। उनको खाता खुलेको केही घण्टामै फलोवर संख्या ३३५ नाघेको छ।

यस्तै, हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले पनि फेसबुकमै टिकटक खाताको लिंक सेयर गर्दै “यदि फेसबुक बन्द भयो भने यो मेरो टिकटक हो” भन्दै दर्शकलाई नयाँ प्लेटफर्मतिर तान्ने प्रयास गरेका छन्।

पछिल्ला २४ घण्टामा मात्रै धेरै कलाकारले भाइबर डाउनलोड गरेका छन्। उनीहरूले आफ्नो नम्बर सेभ भएका व्यक्तिहरूलाई नोटिफिकेशन पुग्नेगरी भाइबर ज्वाइन गरेका छन्। यसले संगीत र फिल्म क्षेत्रका कलाकारहरूका गतिविधि अब ती एपहरूमा बढी देखिने संकेत गरेको छ।

सरकारले विहीबार २५ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेपछि मनोरञ्जन क्षेत्रमै ठूलो धक्का लागेको छ। कलाकारका अनुसार फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्म उनीहरूको दर्शकसँगको प्रत्यक्ष सम्पर्कको मुख्य माध्यम थिए। यी बन्द भएपछि उनीहरूले नयाँ विकल्प खोज्नुपर्ने बाध्यता आएको छ।

सामाजिक सञ्जालमा रोकका कारण संगीत, फिल्म प्रचारदेखि व्यक्तिगत ब्रान्डसम्ममा असर परेको छ। अब टिकटक र भाइबरले त्यो खालको रिक्तता कति पूरा गर्न सक्छन् भन्ने प्रतीक्षा गरिएको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart