२०२६-०६-१९
आजदेखि सोह्रश्राद्ध सुरु : पितृ तृप्तिका लागि १६ दिनको विशेष पक्ष>
Action

आजदेखि सोह्रश्राद्ध सुरु : पितृ तृप्तिका लागि १६ दिनको विशेष पक्ष

२३ भदौ, काठमाडौं । आजदेखि आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्रश्राद्ध विधिवत् सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत पञ्चाङ्गअनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नसम्म गर्नुपर्ने छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यो तिथिबाट सुरु हुने सोह्रश्राद्ध आश्विन शुक्ल प्रतिपदासम्म चल्छ ।

यस अवधिभर दिवंगत पितृप्रति श्रद्धा अर्पण गर्दै तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा रहिआएको छ । पितृलाई सम्झने यस विशेष समयलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ । वैदिक सनातन परम्पराअनुसार ठूला चाडपर्व, यज्ञयागादि सुरु गर्नु अघि पितृ तृप्तिका लागि श्राद्ध गर्ने परम्परा विद्यमान छ ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार सोह्रश्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने धार्मिक मान्यता छ । पितृ ऋणबाट मुक्त भई आफ्नो दायित्व पूरा गर्ने अवसरका रूपमा यसलाई लिइन्छ । श्राद्ध अपराह्नकालमै गर्नुपर्ने प्राचीन शास्त्रीय निर्देश भए पनि कतिपय पुरोहितले बिहानै गर्ने प्रवृत्ति शास्त्रसम्मत नरहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले स्पष्ट पारेका छन् ।

यद्यपि, जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएकाबेला श्राद्ध गर्न नहुने उल्लेख छ । कुनै कारणवश श्राद्ध रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म, नभए कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाका दिन), अझै सम्भव नभए मङ्सिरमा पर्ने वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने शास्त्रीय प्रावधान छ ।

यति मात्र नभई, श्राद्ध गर्न नसक्ने अवस्थामा ब्राह्मणमार्फत १० महिनासम्म दैनिक १०८ मन्त्र जप गर्न सकिने विकल्प पनि धर्मसिन्धु लगायतका शास्त्रमा उल्लेख छ । यसरी जप गर्नाले पनि पितृ तृप्त हुने धार्मिक विश्वास रहिआएको धर्मशास्त्रविद्हरू बताउँछन् ।

सोह्रश्राद्धको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । त्यसैले दशैँ मनाउनुअघि पितृ तृप्तिको कर्म सम्पन्न गर्ने सनातनी परम्परा पुस्तौंदेखि चलिआएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart