२०२६-०६-१३
जेनजी प्रदर्शनमा क्षतिग्रस्त सवारी साधन सङ्कलन सुरु>
Action

जेनजी प्रदर्शनमा क्षतिग्रस्त सवारी साधन सङ्कलन सुरु

काठमाडौँ । भदौ २३–२४ मा जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा आगजनी र तोडफोडमा परेका सवारी साधनहरू सङ्कलन सुरु गरिएको छ।

दुईपांग्रे र चार पाङ्ग्रे सवारी साधनहरू टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको कम्पाउन्ड र कपनस्थित प्रहरी प्रभागमा राखिँदैछन्। सवारी साधनको विवरण लिन इच्छुक व्यक्तिहरूले टेकु र कपनमा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ।

प्रहरीका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा १२१ वटा गाडीमा आगजनी भएको थियो। जसमा ११७ वटा पूर्ण रूपमा जलेका छन् भने ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ।

दुईपांग्रे सवारी साधनमा १५८ वटा आगजनीका घटना भएका छन्। साथै, साइबर ब्युरोका ४ वटा, सशस्त्र प्रहरीका ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको १ वटा गाडीमा पनि आगजनी भएको छ। रानीपोखरीमा जलेको एक टोयोटा गाडीको स्वामित्व अहिलेसम्म खुलेको छैन।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart