ताजा खबर
काठमाडौं । नेपाल प्रहरी संगठनमा बहुप्रतिक्षित बढुवा प्रक्रिया अघि बढ्दैगर्दा ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा परेका अधिकृतहरूमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रविण धिताल, राजीब बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाल छन्।
लामो समयदेखि रोकिएको एसपी–एसएसपी बढुवा प्रक्रियाले पुनः गति लिएपछि प्रहरी संगठनमा नयाँ ऊर्जा थपिएको विश्वास व्यक्त गरिएको छ। अब संगठनभित्र वरिष्ठता, अनुभव र प्रशासनिक नेतृत्वमा विविधता आउन सक्ने अनुमान गरिएको छ।
गृह मन्त्रालयले सेवा अवधि, कार्यसम्पादन मूल्यांकन, अनुशासन, वरिष्ठता र सिफारिस समितिको निर्णयका आधारमा बढुवा प्रक्रिया अघि बढाएको हो। यसले संगठनभित्र कार्य सम्पादनको मनोबल बढाउने र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।
Super Admin
>