ताजा खबर
काठमाडौं । अहिले गर्मीको चपेटामा काठमाडौंसहित देशभरको मौसम उकुसमुकुस भइसकेको छ। मानिसहरू पंखा, कुलर र एयर कन्डिसनर (एसी) को भरमा दिनरात बिताइरहेका छन्। तर यसरी एसी चलाउँदा बिजुलीको बिल पनि आकाशिन्छ, जसले महिनाको खर्चमा तनाव थपिदिन्छ।
तर अब चिन्ता लिनुपर्ने समय छैन। केही सामान्य तर प्रभावकारी उपायहरू अपनाउन सकियो भने तपाईंको एसीले एकदम राम्रो कूलिङ गर्ने मात्र होइन, बिल पनि आधा घट्न सक्छ।
पहिलो कुरा, एसीको फिल्टर नियमित सफा गर्नुहोस्। फोहोर फिल्टरले हावाको प्रवाह रोकेर कूलिङ कमजोर बनाउँछ र एसीमा अनावश्यक लोड पर्छ। यसले बिल बढाउने प्रमुख कारण हो।
त्यस्तै, तापक्रम सधैं २३ देखि २५ डिग्री सेल्सियसको बीचमा राख्नुहोस्। यो न त धेरै चिसो हुन्छ, न त बिल धेरै आउँछ – सन्तुलन मिल्छ।
एसीको टाइमर फिचर प्रयोग गर्नुहोस्। रातभरि एसी चलिरहनु आवश्यक छैन। टाइम सेट गरिएमा एसी आफैं बन्द हुन्छ, न त रातभरि झस्केर उठ्नुपर्ने झन्झट, न त अनावश्यक बिल।
धेरैले एसी मात्र चलाएर पंखा चलाउँदैनन्, जुन गल्ती हो। यदि तपाईंले पंखा पनि एसीसँगै चलाउनुभयो भने कोठाभित्रको हावा छिटो फैलिन्छ, जसले गर्दा एसीलाई धेरै समय काम गर्नुपर्दैन।
अन्त्यमा, ढोका र झ्यालहरू राम्ररी बन्द गर्नुहोस्। हल्का खुला भए पनि चिसो हावा बाहिर जान्छ, र एसीले फेरी सुरु गर्नुपर्छ। परिणामस्वरूप, बढी बिजुली खपत हुन्छ।
गर्मीमा ठण्डा बस्न केवल मेसिन चलाउनु मात्र होइन, चलाउने तरिका जान्नु पनि हो। तीव्र गर्मीमा थोरै सजगता अपनाएर तपाईं आफ्नो बिजुलीको बिलमा ठुलो राहत लिन सक्नुहुन्छ।
अब तपाईको एसी स्मार्ट तरीकाले चलाउने समय आएको छ – चिसोपन पनि, बचत पनि!
Super Admin
>