ताजा खबर
कासिङ लुङले सिर्जना गरेको ‘लाबुबु डल’ अहिले विश्वभरि चर्चा बटुलिरहेको छ । सुरुमा डर लाग्दो देखिने यो अनौठो गुडियाले नयाँ पुस्ताको मन जित्दै फेसन ट्रेन्ड बनेको छ । चीनको पप मार्ट कम्पनीले ब्लाइन्ड बक्स शैलीमा बिक्री गरेपछि यसको लोकप्रियता एक्कासि बढ्यो ।
सामाजिक सञ्जालमा मानिसहरूले आफ्ना लाबुबु डलहरू देखाउन थालेपछि यो ट्रेन्ड अझ फैलियो । कोरियाली सेलिब्रेटी लिसाले यसको साथ तस्बिर पोस्ट गरेपछि त झन् भाइरल भयो । विश्वका नामी कलाकारहरूले समेत यो डललाई फेसन एक्सेसरीको रूपमा प्रयोग गरेपछि माग आकाश छुन थाल्यो ।
नरम, रंगीन र फ्लफी संरचनाका कारण यसलाई प्लस टेडी पनि भनिन्छ । बजारमा विभिन्न संस्करणहरू उपलब्ध छन्, जसमा सीमित संस्करणका मूल्य लाखौँ पुग्ने गर्छन् । सन् २०२५ को पहिलो त्रैमासिकमा मात्रै यसको बिक्री करिब ४० करोड डलर पुगेको बीबीसीले जनाएको छ ।
यद्यपि यसको डरलाग्दो रुपका कारण केहीले ‘शैतान’ भनिरहेका छन् र विरोधमा भिडियो बनाएर पनि सामाजिक सञ्जालमा राख्दै आएका छन् । तर यसले सांस्कृतिक रूपमा युवा पुस्तामा व्यक्तित्व र शैलीको एउटा नयाँ पहिचान बनाइसकेको छ ।
लाबुबु डल कति समयसम्म यो लोकप्रियता कायम राख्छ भन्ने कुरा भने अझै बाँकी छ ।
Super Admin
>