ताजा खबर
नयाँ दिल्ली – भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेका २६ जना नेपालीको नामावली नयाँ दिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ।
दूतावासका अनुसार, सम्पर्कविहीन हुनेहरू पौडी गढवाल जिल्लामा कार्यरत वा बसोबासरत थिए। सूचीमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही र हरिबहादुर खड्का रहेका छन्।
त्यस्तै, थर नखुलेका प्रभात र केशव, निर्मला खड्का, ६० वर्षीय लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षीय रमेश र २२ वर्षीया प्रिया पनि हराइरहेकामा पर्छन्।
दूतावासले बाँकी सम्पर्कविहीन नेपालीहरूको विवरण पनि संकलन भइरहेको र भारतीय स्थानीय प्रशासनसँग समन्वय गरी खोज तथा उद्धार कार्य भइरहेको जनाएको छ।
Super Admin
>