ताजा खबर
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारलाई मजबुत बनाउन तीन नयाँ मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेसको सिफारिसमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रिपरिषद्मा समावेश गरिएको हो।
नयाँ नियुक्त मन्त्रीमध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। माया श्रेष्ठ र गीता गुरुङको जिम्मेवारी भने अझै टुंगो लाग्न बाँकी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि कांग्रेसका पाँचजना मन्त्रीले साउन ९ र १३ गते राजीनामा दिएपछि ती मन्त्रालयहरू रिक्त थिए। हाल लम्सालले कानुन मन्त्रालय सम्हालेपछि युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ, र सहकारी तथा गरिबी निवारण मन्त्रालय भने अझै मन्त्रीविहीन छन्।
तीनजना नयाँ अनुहार थपिएसँगै लामाको नेतृत्वमा रहेको सरकारमा स्थायित्व ल्याउने प्रयास भइरहेको छ। तर बाँकी मन्त्रालयमा पनि चाँडै जिम्मेवारी तोकिने राजनीतिक स्रोतको दाबी छ।
Super Admin
>