२०२६-०६-१३
राम नाम सत्यमा कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीको डेब्यु>
Action

राम नाम सत्यमा कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीको डेब्यु

काठमाडौं — चर्चित कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरी अब चलचित्रमा डेब्यु गर्न लागेका छन्। माइकल चन्दले निर्देशन गर्ने फिल्म ‘राम नाम सत्य’ मा उनले मुख्य भूमिका निर्वाह गर्ने भएका हुन्। निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीले ठकुरीसँग कागजी सम्झौता पनि गरिसकेका छन्।

आयुषसिंहले मिडियासँग कुरा गर्दै भने, ‘मलाई धेरै फिल्म अफर आइरहेका छन्, तर ‘राम नाम सत्य’ को कथा सुनेपछि मैले यो फिल्मबाट डेब्यु गर्ने निर्णय गरेको हुँ। कथा र मेरो भूमिका दुवै सशक्त छन्।’ उनले केही महिनादेखि फिल्मको तयारीमा मिहिनेत गरिरहेका छन्।

निर्देशक माइकल चन्दले भने, ‘आयुषसँग सहमति भएपछि हामीले उनलाई एक्सन तालिम दिइरहेका छौं र अभिनयको कोर्स पनि सुरु गराउने तयारीमा छौं। उनी निकै मेहनती छन्।’

साउन २९ देखि छायांकन सुरु गर्ने तयारीमा रहेको यो फिल्म एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित हुनेछ। यसअघि यसमा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायत कलाकारहरु अनुबन्धित भइसकेका छन्। एक अभिनेत्रीको फाइनल निर्णयपछि कलाकारको पूर्ण टिम तय हुने बताइएको छ।

निर्मातामा उपेन्द्र शाही र श्वेता विमली छन् भने किशोर भट्ट र डा. डीआर उपाध्याय सह–निर्माता हुन्। छायांकन संजय लामाले गर्नेछन्। फिल्म चितवन र काठमाडौंमा खिचिनेछ। कास्टिङ डिरेक्टर नविनजंग शाह, हेड अफ प्रोडक्सन तेजविक्रम केसी, प्रोडक्सन कन्ट्रोलर नविनजंग शाह, संगीत अर्जुन पोखरेल र बाबुल गिरिले तयार पार्नेछन्।

यसैबीच, निर्माता किरण नेपालीले आयुषसिंह र उनकी पत्नी तथा कन्टेन्ट क्रिएटर एलिजेलाई पनि फिल्म अफर गरेको खबर आए पनि यसबारे थप जानकारी आउन बाँकी छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart