२०२६-०८-१३
अपि हिमालमा पहिलोपटक ठूलो संख्यामा आरोहण, सुदूरपश्चिम पर्यटनमा नयाँ आशा>
Action

अपि हिमालमा पहिलोपटक ठूलो संख्यामा आरोहण, सुदूरपश्चिम पर्यटनमा नयाँ आशा

दार्चुला । सुदूरपश्चिम प्रदेशको गौरव मानिने ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमाल र ६ हजार ३९५ मिटरको ल्हायुल पिकमा पहिलोपटक ठूलो संख्यामा आरोहण हुने तयारी भएको छ। अपि नाम्पा संरक्षण क्षेत्रमा पर्ने यो हिमाल अझै पर्यटकीय नक्सामा पूर्ण रूपमा स्थापित हुन सकेको छैन। तर, हालै सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल दुई वर्षका लागि शुल्कमुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेसँगै अपि हिमालले नयाँ सम्भावना पाएको हो।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा चलिरहेको ‘दिगो पर्यटन परियोजना’ अन्तर्गत नेपाल पर्वतारोहण संघले स्थानीय पालिकासँग मिलेर ठूलो अभियान थालेको छ। ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ मा सहभागी १४ प्रशिक्षार्थी र ६ प्रशिक्षकले अपि र ल्हायुल पिक आरोहण गर्ने तयारी गरिरहेका छन्। काठमाडौंमा दुई हप्ते सैद्धान्तिक तालिम सकेर उनीहरू अहिले अपि क्षेत्रमा प्रयोगात्मक तालिममा छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौंमै टोलीलाई बिदाइ गर्दै यो अभियानलाई सुदूरपश्चिमको पर्यटन इतिहासमै महत्वपूर्ण मोड बताएको छन्। उनको विश्वासमा यो अभियानले स्थानीय समन्वय, सहकार्य र रोजगारी सिर्जनामा दीर्घकालीन टेवा पुर्‍याउनेछ।

प्रशिक्षणक्रममा सहभागी टोलीले ल्हायुल पिक आफैं बाटो बनाएर आरोहण गर्ने र त्यसपछि प्रशिक्षकसहित ७ जनाले अपि हिमालमा पाइला टेक्ने तयारी गरेका छन्। त्यही क्रममा स्थानीय १५ जना ट्रेकिङ गाइडलाई नेभिगेसन र क्याम्पिङ तालिमसमेत दिइनेछ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीका अनुसार यस कदमले ओझेलमा परेको अपि क्षेत्रलाई विश्वसामु चिनाउने मात्र होइन, स्थानीय समुदायलाई रोजगारी, सीप र आम्दानीका नयाँ अवसर दिनेछ। उनका शब्दमा, “यो अभियानसँगै सुदूरपश्चिमको पर्यटन अब नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।”

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart