२०२६-०६-१३
विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सन र एनप्याब्सन आन्दोलनमा>
Action

विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सन र एनप्याब्सन आन्दोलनमा

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेका छन्। बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै यी दुई संगठनले भदौ ८ गतेसम्म माग सम्बोधन नभए भदौ ९ गतेदेखि विद्यालय बन्द गरेर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकरीका अनुसार ८ गतेसम्म प्रतीक्षा गर्ने र त्यसपछि माग पूरा नभए सबै विद्यालय बन्द गरी आन्दोलनमा होमिनेछन्। यसअघि आन्दोलनको तयारीस्वरूप विभिन्न कार्यक्रम तय गरिएको छ। भोलि बिहान ११ बजे माइतीघर मण्डलमा प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्नेछन् भने भदौ ६ गते देशभरका स्कुल बसलाई विद्यालय नजिकैको चोकमा उतारी नगर परिक्रमा गरिनेछ।

प्याब्सन र एनप्याब्सनले विधेयकमा समावेश केही प्रावधान संशोधन गर्नुपर्ने माग गरेका छन्। उनीहरूको मुख्य आपत्ति विद्यालयलाई गैर–नाफामूलक बनाउने प्रावधान, पूर्ण छात्रवृत्ति भन्ने शब्दावली, विद्यालयमै उत्पादन नहुने सामग्री उपलब्ध गराउनुपर्ने व्यवस्था र छात्रवृत्ति वितरणमा पालिकाको बढी हस्तक्षेप रहेको दाबीमा केन्द्रित छ। साथै, छात्रवृत्ति सम्बन्धी पुराना ऐन र नियमावलीका विभेदकारी धाराहरू हटाउनुपर्ने माग पनि अघि सारिएको छ।

विधेयक हाल संसदीय समितिमा छलफलमा छ। समितिबाट पारित हुने प्रक्रियामा पुगेको भए पनि सरोकारवालाको असन्तुष्टि बढ्दै जाँदा अझै टुङ्गो लाग्न सकेको छैन। निजी विद्यालय संघहरूले भने आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनलाई कडा बनाउने चेतावनी दिएका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart