ताजा खबर
विराटनगरमा सवारीसाधन जाँच गर्ने क्रममा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
गएराति करिब ८:२० बजे विराटनगर महानगरपालिका–४, दूधफारम चोकमा मिनी ट्रक जाँच गर्ने क्रममा सोही दिशाबाट तीव्र गतिमा आउँदै गरेको मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याइए पनि बचाउन सकिएन।
चौधरी सामाजिक अभियन्ता समेत रहेका थिए। प्रत्यक्षदर्शीका अनुसार प्रहरीको जाँचका क्रममा ट्रक रोकिँदा पछाडिबाट आएको मोटरसाइकल ठोक्किँदै दुर्घटना भएको हो।
Super Admin
>