२०२६-०६-१३
वीरगञ्जमा पानी परीक्षण: हैजा फैलाउने जीवाणु फेला परेन>
Action

वीरगञ्जमा पानी परीक्षण: हैजा फैलाउने जीवाणु फेला परेन

वीरगञ्ज महानगरपालिकाले हालै हैजा प्रभावित क्षेत्रका धाराको पानी परीक्षण गरेको प्रतिवेदनले झाडापखाला फैलाउने जीवाणु नरहेको पुष्टि गरेको छ। वडा नम्बर १०, ११ र १२ का सात स्थानका धाराबाट सङ्कलन गरिएको पानीको नमुनामा इ.कोली जस्ता जीवाणु फेला नपरेको महानगरले जनाएको छ।

महानगरले पछिल्ला दिनमा झाडापखाला र हैजा संक्रमण तीव्र रूपमा फैलिन थालेपछि तत्कालीन जोखिमलाई मध्यनजर गर्दै आफ्नै प्रयोगशालामा परीक्षण सुरु गरेको थियो। परीक्षणमा तीन वटा बोरिङ र चार वटा खानेपानी संस्थानका धाराको पानी नमुना समावेश गरिएको थियो। यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमुनामा पनि कुनै जीवाणु फेला परेको थिएन।

वडा नम्बर १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापित आधुनिक प्रयोगशालाबाट परीक्षण भइरहेको छ। माइक्रोबायोलोजिष्ट अजय मण्डलको नेतृत्वमा गरिएको परीक्षणमा हाल इ.कोली परीक्षण भइरहेको छ भने युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि जारी छ, जसको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ।

महानगरका वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शङ्कास्पद क्षेत्रमा पुगेर नियमित पानी परीक्षणको कामलाई तीव्रता दिएको छ। यसले दूषित पानी प्रवाह भइरहेको क्षेत्र पहिचान गर्न र तत्काल आवश्यक कदम चाल्न सहज बनाउने अपेक्षा गरिएको छ।

महानगर प्रमुख राजेशमान सिंहले नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउन परीक्षणलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै अत्यधिक प्रभावित क्षेत्रका धारामा परीक्षण गर्दै अन्य शङ्कास्पद स्थानको पानी आवश्यक अनुसार जाँच गरिने बताए।

यस कदमले वीरगञ्जका नागरिकलाई सुरक्षित खानेपानी सुनिश्चित गर्न र हैजा तथा झाडापखालाबाट बच्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart