२०२६-०६-१३
नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झाले उखु किसान आन्दोलनप्रति समर्थन जनाए>
Action

नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झाले उखु किसान आन्दोलनप्रति समर्थन जनाए

काठमाडौँ — उखु उत्पादक किसान संघले माइतीघर मण्डलामा सुरु गरेको आन्दोलनप्रति नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले ऐक्यबद्धता जनाएका छन्। बिहीबार पार्टीका नेता तथा कार्यकर्तासहित आन्दोलनस्थल पुगेका उनले किसानका मागलाई न्यायोचित ठहर गर्दै सरकारलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।

अध्यक्ष झाले भने, “उखु उत्पादन मुख्य रूपमा मधेसमा हुने भएकाले किसानले लामो समयदेखि समस्या भोग्दै आएका छन्। सबै सत्ताधारी दलका नेताले समर्थन देखाए पनि कार्यान्वयनमा ढिलासुस्ती गर्नु गैरजिम्मेवारी हो।”

उखु उत्पादनमा गरिएको अनुदान कटौती र अन्य कृषिजन्य अनुदान रोकिएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराउँदै गत वर्ष क्विन्टलको ७० रुपैयाँ कटौती गरिएको अनुदान तत्काल पुनः उपलब्ध गराउनुपर्ने बताए। उनले सीमा क्षेत्रमा विदेशी अन्नको बोरा पल्टाएर स्वदेशी उत्पादनका नाममा आँकडा देखाउन राज्य लागिपरेको घटनालाई ‘लाज लाग्ने’ कार्यको रूपमा टिप्पणी गरे।

त्यस्तै, अध्यक्ष झाले किसानहरूले मल–खादको अभावमा भोगिरहेको पीडा उठाउँदै सरकारले आपूर्ति सुनिश्चित गर्न नसकेको र उल्टै किसानलाई धरपकड गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार सरकारले किसानको अवस्था बुझ्दै नीति तथा कार्यक्रम कार्यान्वयनमा शीघ्रता ल्याउनुपर्ने छ।

यसै सन्दर्भमा, पार्टीले किसानको माग न्यायोचित भएको र सरकारले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने जोड दिएको छ। अध्यक्ष झाले आन्दोलनरत किसानहरूसँग भेटघाट गर्दै उनीहरूको समस्यासँग सरकारलाई जोड्न र समाधान खोज्न अभियानलाई थप बल दिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart