ताजा खबर
काठमाडौं — लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को चौथो सिजनले १६ जना सेमिफाइनलिस्ट चयन गरेको छ। सप्ताहन्तमा प्रसारण भएका दुई एपिसोडपछि चार कोचको टोलीबाट ४/४ जना प्रतिस्पर्धी सेमिफाइनलका लागि तय भएका हुन्।
निर्देशक लक्ष्मण पौड्यालका अनुसार अब हुने सेमिफाइनल चरणबाट ८ जना प्रतियोगी फिनालेमा पुग्नेछन्। त्यसपछि अन्तिम एपिसोडमा एकजना विजेता घोषणा गरिनेछ।
सेमिफाइनलमा पुग्ने प्रतिस्पर्धीहरू:
टीम खेम सेन्चुरी
- निर्देशिका अछामी
- दिलिजा रुवाली
- आदित्य राई
- आदर्श धिताल
टीम मेलिना राई
- सोनाली राजभण्डारी
- श्रीयान रसाइली
- नोरेन लोय क्षेत्री
- आयश्री लकान्द्री
टीम मिलन नेवार
- सोनम श्रेष्ठ
- निश्चल लिम्बु
- आलिया अधिकारी
- अैयन राई
टीम सत्यराज आचार्य
- स्मायन बजगाईं
- श्रीजय महत
- रिदम खड्का
- प्रज्वल पौडेल
अबको सेमिफाइनल र फिनालेमा दर्शकको भोट निर्णायक हुनेछ। सिजन ४ को उत्कर्षमा पुगेको यो गायन प्रतिस्पर्धा अब देशभरका दर्शकका लागि थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
Super Admin
>