ताजा खबर
काठमाडौं — बलिउड अभिनेता चंकी पाण्डे आइतबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुगेका छन्। उनले पूजाआजा गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, "श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो।"
श्रावण महिना भगवान शिवको आराधनाका लागि विशेष मानिन्छ। नेपाल र भारतका भक्तजनहरू साउनको सोमबार पशुपतिनाथ मन्दिर पुगेर दर्शन, पूजाआजा गर्दै आएका छन्। चंकी पनि यही धार्मिक भावनाका साथ मन्दिर पुगेका थिए।
कामको सन्दर्भमा, चंकी पाण्डेको अभिनय रहेको बलिउड फिल्म ‘सन अफ सरदार २’ आगामी शुक्रबारबाट विश्वभर प्रदर्शनमा आउने तयारीमा छ।
Super Admin
>