२०२६-०६-११
साउनमा सेयर बजारबाट उच्च पूँजीगत लाभकर संकलन, २ अर्ब १५ करोड रुपैयाँ उठ्यो>
Action

साउनमा सेयर बजारबाट उच्च पूँजीगत लाभकर संकलन, २ अर्ब १५ करोड रुपैयाँ उठ्यो

काठमाडौं – सेयर बजारमा गत साउन महिनामा उल्लेख्य पूँजीगत लाभकर संकलन भएको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार यस महिनामा २ अर्ब १५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो। यो गत वर्षको सोही अवधिको तुलनामा उच्च रहेको छ, जब भदाैमा २ अर्ब ५७ करोड रुपैयाँ संकलन भएको थियो।

विशेषगरी साउनमा बजारको परिसूचक उच्च र कारोबार सक्रिय रहँदा पूँजीगत लाभकर उठाइ उच्च भएको विश्लेषकहरूको अनुमान छ। साउन १३ गते नेप्से परिसूचक ३००२ अंकमा पुगेको थियो भने हाल २७७० अंकमा स्थिर छ।

गत वर्ष साउनमा कुल ४ अर्ब २३ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो। यस आर्थिक वर्षभरि बजारबाट कुल १६ अर्ब ५४ करोड रुपैयाँ पूँजीगत लाभकर उठेको थियो।

नेपालमा सेयर कारोबार गर्दा एक वर्षभन्दा कम समय होल्ड गरेर बेच्दा नाफाको ७.५ प्रतिशत र एक वर्षभन्दा बढी होल्ड गर्दा नाफाको ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने प्रावधान छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart