२०२६-०६-१३
पहिलो नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय टोलीमा नियुक्त>
Action

पहिलो नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय टोलीमा नियुक्त

काठमाडौं – नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन्। सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका मनिष विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने पहिलो नेपाली बनेका छन्।

अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस रहेका छन्। अफगानिस्तानले काफा नेसनल कपको तयारीका लागि ताजकिस्तानमा अभ्यास सुरु गरिसकेको छ र मनिष पनि आफ्नो जिम्मेवारीमा सक्रिय भएका छन्।

मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन्। उनले भारतमा गोकुलम केरला र पञ्जाव एफसी क्लबमा गोलकिपर प्रशिक्षकको रूपमा काम गरिसकेका छन्। यस्तै, नेपालमा मर्स्याङ्दी क्लबमा पनि उनी गोलकिपर प्रशिक्षक रहिसकेका छन्।

खेलाडी जीवनमा विराटनगरका मनिषले थ्री स्टार, रानीपोखरी कर्नर टिम (RCT), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेलेका थिए। साथै, उनले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart