२०२६-०६-१३
सरकारद्वारा पहिलोपटक ‘व्यवसायजन्य रोग’को कानुनी मान्यता, आठ श्रेणीमा रोगहरूको सूची सार्वजनिक>
Action

सरकारद्वारा पहिलोपटक ‘व्यवसायजन्य रोग’को कानुनी मान्यता, आठ श्रेणीमा रोगहरूको सूची सार्वजनिक

काठमाडौं । सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली २०७५ अनुसार रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो।

यो निर्णयसँगै कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई अब व्यक्तिगत समस्या नभई कानुनी रूपमा सम्बोधन गरिनेछ। यसले श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न थप जिम्मेवार बनाउने विभागको भनाइ छ।

आठ श्रेणीमा वर्गीकृत रोगहरू

राजपत्रमा सूचीकृत व्यवसायजन्य रोगलाई सरकारको वर्गीकरणअनुसार आठ समूहमा राखिएको छ —

  1. रासायनिक एजेन्टका कारण हुने रोग – क्रोमियम, लिड (सिसा), पारा (मर्करी), बेन्जिन, सल्फर अक्साइड, जिंक, अर्गानिक सोल्भेन्ट्स, क्लोरीन लगायतका तत्वबाट हुने स्वास्थ्य समस्या।
  2. भौतिक कारणले हुने रोग – श्रवण शक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने समस्या।
  3. जैविक कारणले हुने संक्रामक वा परजीवी रोग – हेपाटाइटिस बी, सी र एचआईभी, ब्रुसेलोसिस, एन्थ्रेक्स, टिटानस, क्षयरोग, लेप्टोस्पाइरोसिस आदि।
  4. श्वासप्रश्वास प्रणालीका रोग – निमोकोनियोसिस, साइडरोसिस, ब्यागासोसिस, दीर्घकालीन अवरोधक पल्मोनरी रोग।
  5. छालाका रोग – रसायन वा अन्य वस्तुको सम्पर्कले हुने एलर्जी र डर्माटाइटिस।
  6. हाडजोर्नीका रोग – कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस, बर्साइटिस, मेनिस्कस लिजन्स।
  7. मानसिक तथा व्यवहारिक रोग – आघातपछिको तनाव रोग (Post-Traumatic Stress Disorder)।
  8. व्यवसायजन्य क्यान्सर – एस्बेस्टोस, कोइला टार, पिच, सुट्स, आयोनिक विकिरण, काठको धुलो, आर्सेनिक, क्याडमियम आदि तत्वको सम्पर्कबाट हुने क्यान्सर।

श्रम ऐन अनुसार क्षतिपूर्ति

श्रम ऐन २०७४ को परिच्छेद १२ मा व्यवसायजन्य रोग लागेका श्रमिकलाई प्रतिष्ठानले उपचार खर्च व्यहोर्नुपर्ने र उपचार सम्भव नभएमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

सरकारको यो कदमलाई श्रमिक अधिकारको दृष्टिले ऐतिहासिक मानिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart