२०२६-०६-१३
बंगाल र अरब सागरको जलवाष्पले मनसुन सक्रिय, झापामा एक दिनमै १२६ मिमी वर्षा>
Action

बंगाल र अरब सागरको जलवाष्पले मनसुन सक्रिय, झापामा एक दिनमै १२६ मिमी वर्षा

काठमाडौं । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले देशभर मनसुन सक्रिय भएको छ। दुवैतर्फबाट आएको बादलका कारण हिजोदेखि धेरै स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहँदा गत २४ घण्टामा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। केही स्थानमा अति भारी वर्षा समेत मापन भएको छ।

२४ घण्टामा सबैभन्दा धेरै वर्षा झापामा

झापाको बर्फल्याङमा १२६.४ मिमी, अनारमनी बिर्तामा १२०.४ मिमी, केचनामा ९५.२ मिमी, शनिश्चरेमा ९०.२ मिमी, सिस्ने अर्जुनधारामा ८८.६ मिमी वर्षा मापन भएको छ। इलामको इलाम टी–स्टेटमा ८९.२ मिमी, उदयपुरको गाईघाटमा ९४.८ मिमी वर्षा भएको छ।

एक घण्टामा बढी वर्षा परासीमा

पछिल्लो एक घण्टामा पश्चिम नवलपरासीको परासीमा २६.२ मिमी, बर्दघाटमा १०.८ मिमी र कास्कीको पस्याङखोलामा १४ मिमी वर्षा मापन भएको छ। पछिल्ला ६ घण्टामा रसुवाको बेत्रावती, बाँकेको कुसुम, बाजुराको झिंग्राना, डोटीको ओइलानो र सप्तरीको बरमझियामा वर्षा बढी परेको छ।

पूर्वबाट पश्चिम सर्दै बादल

झाका अनुसार, वर्षा गराउने बादल पूर्वबाट पश्चिमतर्फ सर्दैछ। आज बिहान बागमती प्रदेशसहित काठमाडौं उपत्यकामा मध्यम वर्षा हुने र बेलुकीतिर पश्चिम क्षेत्रमा बढी वर्षा हुने अनुमान छ।

प्रदेशगत वर्षा पूर्वानुमान

  • मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना।
  • कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षा।
  • आज राति सुदूरपश्चिमका पहाडी र तराई भूभाग, लुम्बिनीको तराई, गण्डकी र कर्णालीका पहाडी भूभागमा भारी वर्षा सम्भावित।

विभागका अनुसार, विहीबार बिहानदेखि वर्षा केही कम हुने भए पनि मनसुन सक्रिय रहनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart