२०२६-०६-११
सुन–चाँदीको मूल्य नयाँ उचाइमा, एक सातामै सुन १० हजारले बढ्यो>
Action

सुन–चाँदीको मूल्य नयाँ उचाइमा, एक सातामै सुन १० हजारले बढ्यो

२० भदौ, काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। शुक्रबार सुनको भाउ हालसम्मकै उच्च दरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ मा कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एक सातामै करिब १० हजार रुपैयाँले बढेको छ।

यस्तै, चाँदीको भाउ पनि उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २४८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २४९० रुपैयाँमा पुगेको छ। यो चाँदीको हालसम्मकै सबैभन्दा उच्च मूल्य मानिएको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart