२०२६-०८-१२
स्कार्फ हेयरस्टाइल ट्रेन्ड: गर्मीमा युवतीहरूबीच लोकप्रिय>
Action

स्कार्फ हेयरस्टाइल ट्रेन्ड: गर्मीमा युवतीहरूबीच लोकप्रिय

गर्मीको मौसमसँगै युवतीहरूबीच स्कार्फ हेयरस्टाइल निकै लोकप्रिय बन्दै गएको छ। पहिला कम देखिने यो फेसन अहिले स्टाइलको एक अनिवार्य अङ्ग जस्तै भएको छ। विभिन्न रङ र ढाँचाका स्कार्फहरूले केवल कपाललाई सजाउने मात्र होइन, सम्पूर्ण लुकमा आकर्षण थप्ने काम गरिरहेका छन्।

हाल स्कार्फ हेयरस्टाइलका थुप्रै भेरिएसनहरू देख्न सकिन्छ। जस्तै, ट्रायंगल आकारको स्कार्फ लगाएर कपाललाई कभर गर्ने स्टाइल जुन स्ट्रेट, रुखो वा चिल्लो कपालका लागि उपयुक्त हुन्छ। त्यस्तै, हेयरब्यान्डजस्तो बनाइएको स्कार्फ स्टाइल पनि ट्रेन्डमा छ, जसलाई ब्रेडसँग मिलाएर स्टाइल दिन सकिन्छ। यात्रामा जानु परे वा डे–टु–डे प्रयोगमा साधारण कपाल बाँध्ने तरिकामा स्कार्फ थपेर सजिलो तर ट्रेन्डी लुक दिन सकिन्छ।

खुकुलो जुरोमा स्कार्फ बाँधेर बनाउने हाई वा लो मेस्सी बन स्टाइल अहिले निकै रुचाइएको छ। यसमा स्कार्फ झुण्ड्याएर वा वरिपरि बेरेर प्रयोग गर्न सकिन्छ। बोहो ब्यान्ड लुक पनि यस्तै स्टाइल हो, जुन छोटो र लामो दुवै कपालमा मिल्छ र गर्मीमा कम्फर्ट दिन्छ।

अर्को चर्चित स्टाइल हो हाफ बन हेयरस्टाइल, जसमा आधा कपाल खोलिएको र आधा जुरो बनाइएको हुन्छ, र स्कार्फले पूरै लुकमा रंगीनता थप्छ। क्लासिक लुक चाहिनेहरूका लागि लो पोनिटेल स्कार्फ स्टाइल उपयुक्त मानिन्छ, जहाँ कपाललाई तलबाट बाँधेर स्कार्फले स्टाइल दिन सकिन्छ।

यी स्कार्फ हेयरस्टाइलहरूले आजको पुस्तामा आत्मविश्वास, सहजता र फेसनप्रतिको रुझान झल्काउँछन्। गर्मीमा स्टाइल र सुविधा सँगै चाहिनेहरूका लागि स्कार्फ हेयरस्टाइल उत्कृष्ट विकल्प बनेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart