ताजा खबर
६ असोज, काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीको पदभार लैनचौरस्थित केशरमहलमा हुने भएको छ । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनका क्रममा आगजनीमा परेकाले यस पटक पदभार ग्रहण त्यहाँ सम्भव नभएको हो ।
शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार नवनियुक्त मन्त्रीका लागि केशरमहलमा कार्यकक्ष तयार भइसकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह आज दिउँसो २ बजे शीतल निवासमा तय भएको छ ।
पुनले सामाजिक सञ्जालमार्फत आफूलाई बधाई नदिन, खादामाला नल्याउन र ‘मन्त्री’ नभन्न आग्रह गरेका छन् । उनले लेखेका छन्, “कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोस्।”
Super Admin
>