२०२६-०६-१३
मलेसियन सुपर वुमन सिरिजमा वेस्टर्न वन्डर वुमनको कप्तान बनिन् इन्दु बर्मा>
Action

मलेसियन सुपर वुमन सिरिजमा वेस्टर्न वन्डर वुमनको कप्तान बनिन् इन्दु बर्मा

६ असोज, काठमाडौं । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिज मा नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले वेस्टर्न वन्डर वुमनको नेतृत्व गर्ने भएकी छन्।

मलेसियन क्रिकेट एशोसिएसनले सार्वजनिक गरेको विवरणअनुसार साविक विजेता वेस्टर्न वन्डर वुमन यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ, जसको कप्तानी इन्दु बर्माले गर्नेछिन्।

यो टोलीमा इन्दुसहित तीन नेपाली खेलाडी छन्। सावित्री धामीरचना कुमारी चौधरी पनि इन्दुसँगै वेस्टर्न वन्डर वुमनको टोलीमा खेल्नेछन्।

तेस्रो संस्करणका रूपमा आयोजना हुन लागेको यस प्रतियोगितामा सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन गरी पाँच टोलीबीच प्रतिस्पर्धा हुनेछ।

२०२० मा भएको पहिलो संस्करणमा नर्थन क्वीन्स विजेता बनेको थियो भने २०२४ को दोस्रो संस्करण वेस्टर्न वन्डर वुमनले जितेको थियो। यसपटक उनीहरू उपाधि रक्षा गर्ने अभियानमा छन्।

यस सिरिज नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर मात्रै नभई, मलेसियाविरुद्धको टी–२०आई शृंखला र आगामी टी–२० विश्वकप ग्लोबल छनोट तयारीका लागि पनि महत्वपूर्ण मानिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart