२०२६-०६-१३
प्रधानमन्त्री सचिवालय: गृहमन्त्री हटाउने निर्णय कसैको दबाबमा हुँदैन>
Action

प्रधानमन्त्री सचिवालय: गृहमन्त्री हटाउने निर्णय कसैको दबाबमा हुँदैन

प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने कुनै निर्णय कसैको दबाब वा प्रभावमा नहुने स्पष्ट पारेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिएको समाचार सार्वजनिक भएपछि सचिवालयले प्रेस नोट जारी गर्दै स्पष्टिकरण दिएको हो।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कसैलाई मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध रूपमा प्रधानमन्त्रीको अधिकार क्षेत्रको हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन।”

साथै विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको उल्लेख गरिएको छ।

सचिवालयले संवेदनशील परिस्थितिमा अफवाह फैलिन नदिन र नपत्याउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart