२०२६-०६-१९
नीता ढुंगानाको निर्देशन ‘सुख दुःख’मा विपना थापाको अभिनय>
Action

नीता ढुंगानाको निर्देशन ‘सुख दुःख’मा विपना थापाको अभिनय

काठमाडौं । अभिनेत्री र निर्मात्री नीता ढुंगाना निर्देशक भएर बनाउँदै गरेको फिल्म ‘सुख दुःख’मा विपना थापा मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । घरेलु चलचित्रमा लामो समयपछि पुनरागमन गरेकी विपना थापासँग नीता दोस्रो पटक लगातार फिल्ममा सहकार्य गर्न लागेकी छन् ।

निर्देशक नीता ढुंगानाका अनुसार विपनाको भूमिका महत्वपूर्ण रहनेछ । यसअघि फिल्ममा मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्धित भइसकेका छन् । भारतीय छायाँकार कवीर लाल र शाहिद लालले छायांकन गर्ने यो फिल्म ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुँदैछ र २०८३ सालको दशैंको फूलपातिमा प्रदर्शन हुने अपेक्षा गरिएको छ ।

फिल्मको वितरण अधिकार काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौं भित्र रीच इन्टरटेनमेन्टले लिएका छन् ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart