२०२६-०८-१२
नेपथ्यले वेम्बलीमा इतिहास रचे: १० हजार दर्शकमाझ सफल कन्सर्ट>
Action

नेपथ्यले वेम्बलीमा इतिहास रचे: १० हजार दर्शकमाझ सफल कन्सर्ट

लन्डन — नेपाली सङ्गीत समूह नेपथ्यले १२ वर्षपछि वेम्बली एरिना पुनः भव्य प्रस्तुति दिएर संगीतको नयाँ इतिहास रचेको छ। शनिबार बेलुकी सम्पन्न कन्सर्टमा करिब १० हजार दर्शक उपस्थित थिए, जसले पुरै कार्यक्रमलाई उत्सवमै परिणत गरिदिए।

कन्सर्टमा ‘कोशीको पानी’, ‘आँगनैभरि’ लगायत पुराना र नयाँ गीत प्रस्तुत गरिए। विशेषगरी ‘आँगनैभरि’ गीतको कथा र त्यसको सिर्जनामा संलग्न गायक अमृत गुरुङका बाल्यकालका साथीले पनि कार्यक्रममा उपस्थित भएर भावुक क्षण सिर्जना गरे। अमृतले नेपाली भाषा, संस्कृति र स्वदेशप्रतिको मायालाई जोड्दै विदेशी भूमिमा रहेका नेपाली युवाहरुलाई प्रेरणा दिए।

नेपथ्यको प्रस्तुति दर्शकहरुले ‘वान्स मोर’ भन्दै थप गीतको अनुरोध गरेपछि ब्यान्डले ‘हिमाल चुचुरे’ प्रस्तुत गर्दै कन्सर्टको समापन गर्यो। कार्यक्रममा अमृत गुरुङसँगै ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मी थिए।

कार्यक्रम आयोजना गरेको ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ले यस सफलतामा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे। नेपथ्य अब युरोपको विभिन्न देशहरुमा आफ्नो शृङ्खलाबद्ध यात्रा गर्दैछ।

वेम्बलीमा पुनः प्रस्तुति दिएर नेपथ्यले नेपाली सङ्गीतलाई विश्व मञ्चमा स्थापित गरेको यस अवसरले नेपाली सांगीतिक इतिहासमा उज्जवल अध्याय थपेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart