ताजा खबर
काठमाडौं — निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेको नयाँ नेपाली फिल्म ‘वरिष्ठ बलराम’ यस वर्षको तिहारको भाइटीकामा कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। चलचित्रको अफिसियल पोस्टर भदौ १ गते रिलिज गरिने तयारी छ।
यसअघि लक्ष्मीपूजाको दिन कात्तिक ३ गते प्रदर्शन गर्ने योजना रहेको थियो भने पोस्टपोन्ड गरेर प्रदर्शन मिति सारिएको हो।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय छ। यो चलचित्र निर्देशक सुरेन्द्र पौडेलको चौथो निर्देशनमा तयार भएको फिल्म हो, जसले पहिले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरिसकेका छन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको यस फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताको भूमिका रहेका छन्। ‘वरिष्ठ बलराम’ नेपाली दर्शकलाई नयाँ कथानक र कलाकारिताको माध्यमबाट मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
Super Admin
>