२०२६-०६-१३
नेप्सेमा ठूलो परिवर्तन: अन्तिम १५ मिनेटको भारित औसत गणना हट्यो>
Action

नेप्सेमा ठूलो परिवर्तन: अन्तिम १५ मिनेटको भारित औसत गणना हट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्ततः अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ। आज परीक्षण स्वरूप हटाइएपछि भोलिपल्टदेखि यो निर्णय कार्यान्वयनमा आउने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। तर भोलि घटस्थापनाका कारण बजार बन्द रहने भएकाले यो प्रणाली असोज ७ गतेबाट मात्र लागू हुनेछ।

गत चैत ७ गतेदेखि लागू गरिएको यस विधिले बजारलाई झनै तल झार्ने काम गरेको भन्दै लगानीकर्ताहरू निरन्तर विरोधमा उत्रिएका थिए। यो प्रणालीअन्तर्गत २:४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सेयरहरूको भारित औसत मूल्यका आधारमा सूचक गणना हुँदै आएको थियो। तर, सो अवधिमा सानो कारोबार भए पनि सूचकमा ठूलो असर परेको देखिने गरेको थियो।

नेप्सेमा अटोमेटेड र स्तरीय प्रविधि नहुँदा भारित औसत गणनामा पटक–पटक त्रुटि देखिएको थियो। गत साउन १२ गते बजार बन्द भएपछि नेप्से २ अंक घटेको घोषणा गरिए पनि पछि त्रुटि सच्याएपछि सूचक ७ अंकले बढेको देखिएको थियो। यस्ता प्राविधिक त्रुटिका कारण ब्रोकर र लगानीकर्ताले भारित औसत विधि हटाउन माग गर्दै आएका थिए।

लगानीकर्ताको दबाब र निरन्तर आलोचनापछि अन्ततः नेप्सेले उक्त विधि खारेज गरेको छ। अबदेखि नेप्से सूचक पूर्ववत् तरिकाले गणना हुने भएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart