ताजा खबर
नेपाल राष्ट्र बैङ्कले आइतबार (भदौ १७) विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैङ्कका अनुसार अमेरिकी डलर (USD) को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्राहरूको विनिमय दर यसप्रकार छ:
- अस्ट्रेलियन डलर (AUD) – खरिद ९१.९३, बिक्री ९२.३२
- क्यानेडियन डलर (CAD) – खरिद १०२.४२, बिक्री १०२.८५
- युरोपियन युरो (EUR) – खरिद १६४.२४, बिक्री १६४.९४
- यूके पाउन्ड स्टर्लिङ (GBP) – खरिद १८९.४९, बिक्री १९०.२९
- स्विस फ्रान्क (CHF) – खरिद १७५.५१, बिक्री १७६.२६
राष्ट्र बैङ्कले आवश्यक परे विनिमय दरलाई जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने दर यसबाट फरक पर्न सक्ने र अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
Super Admin
>