ताजा खबर
काठमाडौँ — ‘मिस नेपाल २०२५’को चार विधाका ताज सार्वजनिक गरिएको छ। हीराबाट निर्मित यी ताज श्री नट्राज ज्वेलर्सले तयार पारेको हो।
बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरले मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो विधाका फरक डिजाइनका क्राउन सार्वजनिक गरेको हो। मिस नेपाल वर्ल्ड आस्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल इन्टरनेसनल करुणा रावत र नट्राज ज्वेलर्सकी व्यवसायिक दूत तथा अभिनेत्री आँचल शर्माले ताज सार्वजनिक गरे।
द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितका अनुसार चारै क्राउन फरक शैली र स्वरुपमा तयार पारिएका छन् र प्रत्येक विधाको महत्वलाई दर्शाउने डिजाइन गरिएको छ। सो अवसरमा नट्राज ज्वेलर्सका गहना पहिरेका २६ जना फाइनलिस्टले रनवे प्रदर्शन पनि गरेका थिए।
‘मिस नेपाल २०२५’को ग्रान्ड फिनाले आउँदो शनिबार ललितपुरको गोदावरीमा आयोजना हुँदैछ, जहाँ विजेताले ती ताज पहिरिनेछन्। द हिडन ट्रेजर र नट्राज ज्वेलर्सबीच पाँच वर्षका लागि यस्तो सम्झौता भएको छ। यसवर्ष द हिडन ट्रेजरले स्थापनाको ३० औं वर्ष मनाइरहेको छ।
अफिसियल अनलाइन पार्टनर अनलाइनखबर डटकम र टिभी पार्टनर हिमालय टिभी रहेको जानकारी पनि सार्वजनिक गरिएको छ।
Super Admin
>