ताजा खबर
काठमाडौं । चर्चित डान्स ग्रुप कार्टुन्ज क्रू का सदस्य सरोज अधिकारी फिल्म क्षेत्रमा प्रवेश गर्ने भएका छन्। उनी नीता ढुंगाना निर्देशित कथानक फिल्म पार्वती मा सहायक निर्देशकका रूपमा अनुबन्धित भएका हुन्।
आइतबार निर्देशक ढुंगानासँग लिखित सम्झौता गर्दै सरोजले अभिनयको सट्टा निर्देशनबाट सुरुवात गर्ने निर्णयको कारण बताए— “फिल्मलाई राम्ररी बुझ्नका लागि यही बाटो रोजें, अझै केही फिल्ममा असिस्ट गरेर अनुभव लिन चाहन्छु।”
नीताले उनलाई प्रत्यक्ष प्रस्ताव गरेको सरोजले बताए। पार्वती को छायांकन असोजमा सुरु हुने र माघ १ गते प्रदर्शनमा ल्याउने तयारी छ। यसअघि ‘सुख दुःख’ बाट निर्देशनमा डेब्यु गरेकी ढुंगानाको यो दोस्रो प्रोजेक्ट हो।
Super Admin
>