२०२६-०८-१२
‘जारी २’को टिजर सार्वजनिक, असोज ३ मा विश्वभर प्रदर्शन हुने>
Action

‘जारी २’को टिजर सार्वजनिक, असोज ३ मा विश्वभर प्रदर्शन हुने

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित बहुप्रतीक्षित फिल्म जारी २ : सङ अफ च्याब्रुङ को टिजर सोमबार सार्वजनिक गरिएको छ।

सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म जारी ले बक्सअफिसमा १७ करोडभन्दा बढी कमाइ गरेको थियो। त्यसको दोस्रो श्रृंखलामा फेरि दयाहाङ राई र मिरुना मगरको कथालाई लिम्बु सांस्कृतिक प्रतीक ‘च्याब्रुङ’ वरिपरि घुमाइएको छ।

टिजरमा लिम्बु पहिचान, दयाहाङ–मिरुनाका नोकझोंक, विजय बराल र रेखा लिम्बुको संवाद, र अन्त्यमा ऋचा शर्माको सरप्राइज केमियो देखाइएको छ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ निर्मातामा रहेको यो फिल्म दशैंसँगै संविधान दिवसको अवसरमा, असोज ३ गतेदेखि विश्वभर प्रदर्शन हुने तयारीमा छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart