२०२६-०८-१२
घुस डिल अडिओ प्रकरणपछि मन्त्री राजकुमार गुप्ता पदमुक्त>
Action

घुस डिल अडिओ प्रकरणपछि मन्त्री राजकुमार गुप्ता पदमुक्त


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल अडिओ प्रकरणमा मुछिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका स्टाटसमा आफूले घुस लिएको आरोप अस्वीकार गर्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धानलाई सहज होस् भन्ने हेतुले राजीनामा दिएको उल्लेख गरेका छन्। "कहिलेकाहीं नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ," उनले लेखेका छन्, "अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री समक्ष राजीनामा दिएको छु।"

उनले आफू प्रविधिको "उच्चतम प्रयोग" को शिकार भएको दाबी गर्दै यस्ता प्रविधिका कारण अरू कोही निर्दोष नपरून भन्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

गुप्ताविरुद्ध सार्वजनिक भएको अडिओमा भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवाको सन्दर्भमा बिचौलियामार्फत लाखौं रुपैयाँको घुस डिल भएको सुनिन्छ। अडिओ सार्वजनिक भएपछि त्यसको सत्यता पुष्टि गर्न फरेन्सिक परीक्षणका लागि पठाइएको छ।

घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले गुप्तालाई बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए। सरकारभित्र नै चर्किएको आलोचना र सार्वजनिक दबाबका कारण अन्ततः गुप्ता पदमुक्त हुनुपरेको हो।

अब सो प्रकरणको निष्पक्ष छानबिन हुने जनअपेक्षा छ, तर मन्त्रीस्तरीय व्यक्तिको संलग्नता देखिनेगरी अडिओ सार्वजनिक हुनु आफैँमा सरकारको नैतिक र राजनीतिक संकटको संकेत मानिएको छ।

यस प्रकरणले उच्च तहमा हुने नियुक्ति र सरुवामा हुने चलखेल र सम्भावित भ्रष्टाचारको गम्भीर छायाँ उजागर गरेको छ। अब अनुसन्धान निष्पक्ष, पारदर्शी र समयमै हुने नहुने कुराले राज्यप्रति जनआस्थाको परिक्षा लिनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart