ताजा खबर
काठमाडौँ — बहुप्रतीक्षित नेपाली फिल्म ‘मोहर’ ले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा बुकिङ खुलाएको छ। चुम्बनजंग शाही निर्मित र ओम प्रतीकद्वारा लेखन तथा निर्देशन गरिएको यो फिल्मलाई दर्शकहरूमाझ पुरानो देउकी प्रथाको कथावस्तुमा आधारित सामाजिक विषयवस्तुका रूपमा प्रचार गरिएको छ।
फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारको सशक्त अभिनय देख्न पाइनेछ।
देशभर विभिन्न मल्टिप्लेक्सहरूमा फिल्मको शो संख्या उल्लेखनीय छ, जसले फिल्मप्रतिको आशा र उत्साह झल्काउँछ।
मुख्य मल्टिप्लेक्सहरूमा ‘मोहर’लाई निम्न अनुसार शो मिलेको छ:
- काठमाडौं क्षेत्र:
- बीग मुभिज – २ शो
- क्यूएफएक्स छाया सेन्टर – २ शो
- आईएनआई लोत्से – ३ शो
- आईएनआई बाँनेश्वर – ३ शो
- वान सिनेमाज नयाँ बानेश्वर – ४ शो
- वान सिनेमाज कालिमाटी – २ शो
- एफक्यूब हल – ३ शो
- क्यूएफएक्स लाबिम, सिभिल, दरबारमार्ग, सिटी स्वायर, बागेश्वरी – १ देखि ३ शो
- प्रदेश र अन्य शहरहरू:
- इलाइट सिनेमा, इटहरी – ४ शो
- क्यूएफएक्स राइजिङ मल – १ शो
- क्यूएफएक्स भक्तपुर, जलमाल, चितवन, बुटवल, दमौली, विराटनगर, विर्तामोड, पोखरा – १–३ शो
- कावासोती सिनेमाज – ३ शो
- पाथिभरा सिनेप्लाजा, विर्तामोड – २ शो
- एसटीसी सिनेमाज, सीडीसी सिनेमाज सुनधारा – २–४ शो
हालसम्म देशभर करिब ५० भन्दा बढी शो सुनिश्चित भइसकेका छन् भने अझै केही मल्टिप्लेक्सहरूले शो तालिका सार्वजनिक गर्न बाँकी रहेको निर्माताहरूले बताएका छन्।
सामाजिक मुद्दा बोकेको यो फिल्मप्रति दर्शकमाझ चासो उच्च रहेको छ। 'मोहर'ले नेपाली फिल्म उद्योगमा नयाँ बहस र चेतना ल्याउने अपेक्षा गरिएको छ।
Super Admin
>