२०२६-०६-१३
एप्पलको आइफोन १७ सिरिज सेप्टेम्बरमा सार्वजनिक, प्लस मोडेलको साटो ‘एयर’ मोडेल आउँदै>
Action

एप्पलको आइफोन १७ सिरिज सेप्टेम्बरमा सार्वजनिक, प्लस मोडेलको साटो ‘एयर’ मोडेल आउँदै

एक महिनापछि, आगामी सेप्टेम्बरमा एप्पलले बहुप्रतिक्षित आइफोन १७ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ। यसपटक कम्पनीले चारवटा मोडेल ल्याउने छ — आइफोन १७, आइफोन १७ प्रो, आइफोन १७ प्रो म्याक्स र आइफोन १७ एयर।

विशेष कुरा के भने, एप्पलले परम्परागत प्लस मोडेलको साटो एयर मोडेल ल्याउने भएको छ। यस अनुसार, आइफोन १७ ले प्लस मोडेललाई प्रतिस्थापन गर्नेछ।

सन् २०२६ मा आइफोन १८ सिरिज आउने भए पनि यसमा आधारभूत आइफोन १८ मोडेल समावेश हुने छैन। कोरियन वेबसाइट etnews.com का अनुसार, सन् २०२६ को सुरुवातमा एप्पलले सुपथ मूल्यको आइफोन १७ ई मोडेल ल्याउनेछ भने सेप्टेम्बरमा आइफोन १८ सिरिजका चारवटा मोडेल — आइफोन १८ एयर, आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र फोल्डेबल आइफोन — सार्वजनिक गर्नेछ।

आधारभूत मोडेल हटाउनु भनेको आइफोनको परम्परा परिवर्तन गर्ने पहिलो कदम होइन। अघिल्लो पटक कम्पनीले मिनी मोडेललाई प्लसले प्रतिस्थापन गरिसकेको छ।

प्रविधि विशेषज्ञ Jukanlosreve का अनुसार, सन् २०२७ मा एप्पलले छ प्रकारका आइफोन मोडेल सार्वजनिक गर्नेछ। वर्षको सुरुवातमा आइफोन ई मोडेल र बेसिक मोडेल आउनेछन् भने सेप्टेम्बरमा प्रिमियम र फोल्डेबल मोडेलहरू बजारमा आउनेछन्।

यसरी हेर्दा, प्रयोगकर्ताले आइफोन १८ को आधारभूत मोडेल नदेखे पनि भविष्यमा आइफोन १९ सहित नयाँ मोडेलहरू पाउनेछन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart