ताजा खबर
म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन–१७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ र उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
गत शनिबार भारतमा आयोजित एमएफएन–१७ मा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि हात पारेका थिए।
सरकारको यो निर्णयलाई खेल क्षेत्रमा प्रतिभा देखाएर अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउने खेलाडीलाई सम्मान र हौसला दिने कदमका रूपमा लिइएको छ।
Super Admin
>