ताजा खबर
काठमाडौं — भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली दुबई आइपुगेका छन्। उनी दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा सहरतर्फ लाग्नेछन्, जहाँ साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) सम्मेलन आयोजना हुँदैछ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११:५५ बजे दुबईको उडानमार्फत प्रस्थान गरेको थियो। उनीहरू स्थानीय समयअनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। दुबईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले विमानस्थलमा टोलीलाई स्वागत गरे।
यो सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा आयोजना गरिएको हो। सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालजस्ता भूपरिवेष्टित राष्ट्रहरूका विकास चुनौती, अवसर र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता सम्बन्धी धारणा राख्ने कार्यक्रम रहेको छ।
Super Admin
>