ताजा खबर
काठमाडौं जिल्ला अदालतले चर्चित मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’लाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश खिमानन्द भूषालको इजलासले अभद्र व्यवहार मुद्दामा म्याद थपिएका १९ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो।
अदालतका रजिस्ट्रार तीर्थराज भट्टराईका अनुसार गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २०–२० हजार रुपैयाँ, भने अन्य १५ जनालाई १०–१० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ।
उनीहरूलाई साउन १६ गते राति महाराजगञ्जस्थित साम्बाला होटलबाट पक्राउ गरिएको थियो। सुरूमा ४७ जनालाई नियन्त्रणमा लिए पनि पछि १९ जनाको मात्र म्याद थपिएको थियो। आरोपअनुसार, उनीहरूले सडकमा बाटो कब्जा गर्ने, होहल्ला मच्चाउने, अश्लिल शब्द प्रयोग गर्ने र जन्मदिनको बहानामा आतंकित वातावरण सिर्जना गरेका थिए। प्रहरीले घटनास्थलबाट दुई रड, एक खुकुरी र एक पेपर–स्प्रे बरामद गरेको थियो।
बयानमा चक्रे मिलनले आफ्नो वास्तविक जन्म मिति २०२९ साउन १४ भए पनि नागरिकतामा साउन १९ उल्लेख भएको बताएका छन्।
Super Admin
>