ताजा खबर
सन् २०२६ मा चीनमा हुने एएफसी यू–१७ महिला एसिया कप फुटबलका लागि छनोट चरणको ड्र सार्वजनिक गरिएको छ। मलेसियामा बिहीबार भएको ड्रमा २७ टोलीलाई आठ समूहमा बाँडिएको हो। नेपाल थाइल्यान्ड र तुर्कमेनिस्तानसहित समूह ‘एफ’ मा परेको छ।
यो समूहको खेल थाइल्यान्डमा हुनेछ। समूह विजेताबाहेक अन्य टोलीले अगाडि बढ्न नपाउने भएकाले नेपालका लागि चुनौतीपूर्ण रहेको छ। आठवटा समूह विजेता मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्।
छनोट चरण आगामी अक्टोबर ९ देखि १७ तारिखसम्म हुनेछ।
यसपटक आयोजक चीन र अघिल्लो संस्करणका शीर्ष तीन टोली—उत्तर कोरिया, जापान र दक्षिण कोरिया—पहिल्यै स्वत: छनोट भइसकेका छन्।
Super Admin
>