ताजा खबर
८० वर्षअघि नाजीहरूले यहुदी कला व्यापारी ज्याक गौडस्टिक्करबाट लुटेको इटालियन चित्रकार जिसेप जिसलान्डीको ‘अ लेडी’ नामक चित्रकला हालै फेला परेको छ। यो चित्रकला घरजग्गा बेच्ने एक एजेन्टको वेबसाइटमा देखिएको थियो।
डच पत्रिका एडीका अनुसार, सो चित्रकला हराएको कलाकृतिहरूको सूचीमा रहेको थियो। दोस्रो विश्व युद्धपछि अर्जेन्टिनामा बसेका वरिष्ठ नाजी अधिकारीको घर विक्रीका लागि राखिएको विज्ञापनमा सो चित्र सोफामाथि झुण्ड्याइएको अवस्थामा देखियो। उक्त घरको मालिक फ्रेडरिच काडगेन थिए, जो नाजी अधिकारी हर्मन गोरिङका वित्तीय सहयोगी थिए।
गौडस्टिक्करसँगबाट नाजीहरूले ११०० भन्दा बढी कलाकृतिहरू लुटेका थिए। तीमध्ये केही युद्धपश्चात फेला परे पनि अझै धेरै हराइरहेका छन्। यसअघि सोही घरधनीको सामाजिक सञ्जालमा १७औं शताब्दीका डच चित्रकार अब्राहम मिग्नोनका अन्य चोरी गरिएका कलाकृतिहरू फेला परेका थिए।
अहिले ‘अ लेडी’ चित्रकला फिर्ता गर्न गौडस्टिक्कर परिवारले सहमति जनाएको छ।
Super Admin
>