२०२६-०६-१९
३ दशकभन्दा लामो योगदान दिने ८६ चलचित्रकर्मीलाई परिचयपत्र प्रदान>
Action

३ दशकभन्दा लामो योगदान दिने ८६ चलचित्रकर्मीलाई परिचयपत्र प्रदान

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा ३ दशकभन्दा बढी समय योगदान गर्ने ८६ जना चलचित्रकर्मीलाई विशिष्ट परिचयपत्र प्रदान गरिएको छ। आइतबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ती परिचयपत्र हस्तान्तरण गरे।

बोर्डले योग्य फिल्मकर्मीको मागदावी पूरा भएपछि ८६ जनालाई परिचयपत्र वितरण गरेको थियो। विशिष्ट परिचयपत्र पाउनेले डेढ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा पाउनेछन् भने साधारण परिचयपत्रधारीले ७५ हजारको बीमा सुविधा पाउने छन्।

परिचयपत्र पाउनेमा विश्व बस्नेत, सुनिल थापा, उपेन्द्र तिमल्सिना, रामकृष्ण बजगाई, रमेश उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतका कलाकार छन्।

समारोहमा मन्त्री गुरुङले फिल्म क्षेत्रको दिगो विकासका लागि सबै चलचित्रकर्मी एकजुट हुनुपर्ने बताए। उनले आईटी र एआईजस्ता प्रविधिमा फिल्मकर्मीलाई अभ्यस्त हुनुपर्ने आवश्यकता औँल्याए। सामाजिक सञ्जाल दर्ता प्रक्रिया अनिवार्य रहेको र असोज १५ गतेलाई चलचित्र दिवस घोषणा गरिएको समेत जानकारी दिइयो।

बोर्ड अध्यक्ष दिनेश डिसीले पदभार सम्हालेपछि ९३ प्रतिशत बेरुजु फछ्र्योट भएको, इनडोर फिल्म स्टुडियो निर्माण सुरु भएको र १६ वर्षदेखि अलपत्र परेको बक्स अफिस प्रणाली सञ्चालनमा आएको बताए।

कार्यक्रममा बुद्धि तामाङलाई विशेष योगदान सम्मान दिइयो भने फिल्म चे (लिम्बु भाषा) र दिलसरा (मगर भाषा) लाई २ लाख रुपैयाँको प्रोत्साहन रकम हस्तान्तरण गरियो। अध्यक्ष डिसीले चलचित्र उद्योगको विकास र फिल्मकर्मीको सामाजिक–आर्थिक पहिचान बलियो बनाउन निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart