२०२६-०८-१२
शैक्षिक हडतालका कारण देशभर विद्यालय–कलेज प्रभावित>
Action

शैक्षिक हडतालका कारण देशभर विद्यालय–कलेज प्रभावित

काठमाडौं । नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज काठमाडौं उपत्यका र देशका विभिन्न जिल्लाका विद्यालय र कलेज प्रभावित भएका छन्।

धर्मेन्द्र बास्तोला नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शिक्षामा निजीकरण अन्त्य गर्नुपर्ने, निःशुल्क शिक्षा सुनिश्चित हुनुपर्ने र शिक्षा ऐन तत्काल ल्याउनुपर्ने मागसहित एकदिने हडताल आह्वान गरेको हो।

हडतालको प्रभाव काठमाडौंमा स्पष्ट देखिएको छ। कतिपय निजी विद्यालयहरूले बिहीबार राति अभिभावकलाई एसएमएसमार्फत शुक्रबार विद्यालय नखुल्ने जानकारी दिएका थिए। तर, आन्तरिक परीक्षा भइरहेका केही विद्यालय भने खुला रहे।

बन्द हुँदा विद्यार्थी पढ्न पाउने मौलिक हकबाट बञ्चित भएको भन्दै कतिपय अभिभावक र विद्यार्थीले असन्तुष्टि जनाएका छन्।

शिक्षामा सुधारको माग गर्दै गरिएको आन्दोलनले विद्यार्थीको पठनपाठन प्रभावित पार्नु उचित नहुने उनीहरूको भनाइ छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart