ताजा खबर
काठमाडौं । अहान पाण्डे र अनित पड्डा स्टारर बलिउडको रोमान्टिक फिल्म ‘सैयारा’ हलमा मात्र होइन, ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि कीर्तिमान रचेको छ। रिलिज भएको पाँच दिनमै यो फिल्म नेटफ्लिक्समा सर्वाधिक हेरिने गैरअंग्रेजी फिल्म बनेको छ र शीर्ष १० सूचीको पहिलो स्थानमा पुगेको छ।
२ घण्टा ३० मिनेटको यो फिल्म मोहित सुरी निर्देशित हो र १२ सेप्टेम्बरमा नेटफ्लिक्समा रिलिज भएको थियो। रिलिजको पाँच दिनमै शीर्ष स्थानमा पुग्नु यस फिल्मको अनौठो सफलता मानिएको छ।
नेटफ्लिक्समा देखिएको यो क्रेज बलिउड फिल्महरूको ओटीटी बजारमा अभूतपूर्व लोकप्रियता भएको संकेत हो।
Super Admin
>