२०२६-०६-१३
सिन्धुलीमा ट्रक दुर्घटना : एकजनाको मृत्यु, एक घाइते>
Action

सिन्धुलीमा ट्रक दुर्घटना : एकजनाको मृत्यु, एक घाइते

सिन्धुलीको कमलामाई नगरपालिका–९ बेथाचौडीमा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान करिब ६ बजे विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रक अनियन्त्रित भई सडक किनारमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्थानीय ४६ वर्षीय भुवन भुजेल गम्भीर घाइते भए। उपचारका लागि अस्पताल पुर्‍याइए पनि बिहान ७ बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। त्यस्तै, ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते भएका छन्। टाउको र छातिमा चोट लागेका दाहाललाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल पठाइएको छ।

अनियन्त्रित ट्रक सडक छेउमै रहेको लोकनाथ गौतमको घरमा आड लागेर पल्टिएको थियो। घरका मानिसहरू सुरक्षित रहेका भए पनि गारोले थिचिँदा २० वटा कुखुरा मरेका छन्।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart